काठमाडौं। सर्वोच्च अदालतले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सिटिइभिटी)का उपाध्यक्ष ओमप्रसाद बरालको नियुक्त बदर गरिदिएकाे छ। अदालतको याे फैसलासँगै अब उनी पदमुक्त भएका छन्।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले आइतबार बरालको नियुक्ति बदर भएकाे फैसला सुनाएका हुन्।
गत मंसिर ६ गते मन्त्रिपरिषदले उनलाई सिटिइभिटीकाे उपाध्यक्षमा नियुक्त गरेकाे थियाे। सिटिइभिटीमा १५ वर्ष अनुभव भएकालाई मात्रै नियुक्त दिने प्रावधान छ। तर उनकाे याेग्यता नपुगेकाे भन्दै नियुक्ति सिफारिस भएकै बेला विवाद सुरु भएकाे थियाे।
शिक्षामन्त्री स्वत: अध्यक्ष हुने सिटिइभिटीमा उपाध्यक्ष कार्यकारी पद हाे।
