• ट्रेण्डिङ्ग :
भेरी नदिमा बेपत्ता दुईमध्ये एकको शव फेला

भेरी नदिमा बेपत्ता दुईमध्ये एकको शव फेला


  • 4.2K
    SHARES
    • माघ २४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.5K Views

    भेरी नदिमा बेपत्ता दुईमध्ये एकको शव फेला

    काठमाडौं, माघ २४ । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका-१० स्थित भेरी नदिमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ ।

    images

    सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भेरी नदिमा खसेर पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने २४ वर्षीय अनिल घर्तिको शव फेला परेको जानकारी दिनुभयो ।

    अर्का १८ वर्षीय अर्जुन झाक्रीको भने खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । घर्ति र झाक्री मगर निमार्णधिन झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते नदिमा खसेका थिए ।

    सशस्त्रका डिएसपी थापाले घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट छ जना गोताखोरसहितको टोली खोजिकार्यका लागि परिचालन भएको जानकारी दिनुभयो ।


    तेस्रो आँखा