• ट्रेण्डिङ्ग :
कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी


  • 6.7K
    SHARES
    • फाल्गुण ३०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी

    सिन्धुपाल्चोक, ३० फागुन। नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि पार्दै जंगले जित हासिल गरेका हुन् ।

    images

    कुल १७ सय ८७ मतमा जंगबहादुरले ९१२ मत पाउँदा वंशलालले ८४८ मत प्राप्त पाएको निर्वाचन अधिकृत बेदबहादुर महतले जानकारी दिए ।

    यसअघि शनिबार भएको निर्वाचनमा सभापतिमा तीन जना उम्मेदवार रहेका थिए । सो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो । प्रेमध्वज लामा पहिलो चरणबाट बाहिरिएका थिए ।

    पहिलो चरमा दोस्रो भएका वंशलाललाई प्रेमध्वजले समर्थन गरेका थिए। तर पनि उनले जित हात पार्न  सकेनन् ।

     


    तेस्रो आँखा