• ट्रेण्डिङ्ग :
एमालेले भ्रम फैलायो, अर्ली इलेक्सनको सम्भावना छैन : प्रचण्ड

एमालेले भ्रम फैलायो, अर्ली इलेक्सनको सम्भावना छैन : प्रचण्ड


  • 7.1K
    SHARES
    • फाल्गुण ३०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    एमालेले भ्रम फैलायो, अर्ली इलेक्सनको सम्भावना छैन : प्रचण्ड

     काठमाडौं, ३० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्ली इलेक्सनको हावा एमालेले फैलाएको बताएका छन्। धनगढी विमानस्थलमा पत्रकारसँग कुरा  गर्दै प्रचण्डले दुई पटक संसद् भंग गरेको एमालेले संसद् अवरुद्ध पारेर अर्ली इलेक्सनको भ्रम फैलाए पनि त्यो सम्भव नभएको बताए। 

    images

    उनले भने, ‘एमालेले दुई पटक संसद् विघटन गर्‍यो । अहिले संसद् चल्न दिएको छैन । अर्ली इलेक्सन बारे भ्रम फैलाइएको छ । त्यो सत्य होइन।’

    एमालेको अवरोधका कारण ६ महिनादेखि संसद् सहजरूपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको चुनावअघि अर्ली इलेक्सन बारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका थिए। अध्यक्ष प्रचण्डले नियमित चुनाव मात्र हुने बताएका छन्।

    आगामी वैशाख ३० मा स्थानीय तहको चुनाव घोषणा भइसकेको र अब सोही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डको भनाइ छ। 


    तेस्रो आँखा