शिक्षाको व्यर्थ अहंकारले मनमा असन्तुलन ल्याउँदै छ
जीवनको वास्तविक गन्तव्यमा पुग्न ज्ञान प्राप्त गर्नु छ
विश्वव्यापी दैवीप्रकोप मनुष्यको दम्भ मेटाउन आउँदै छ
सार्थक मनुष्य जीवन यात्रा परिस्थिति अनुसार सिक्नु छ
मानवता बिर्सदा राजनीति गन्तव्यहिन विश्व को साझा समस्या भयो
पद प्रतिष्ठा लोभले गर्दा मानवीय बहुमुल्य उर्जा प्रयोग बिहिन भयो
मनुष्य आज सम्पुर्ण सुख-सुविधा मै खाउँ- लाउँ भन्ने दौडमा
ईश्वरका प्रतिनिधि दुर्लभ जीवन गुमाउँदै छौँ कौडीको भाउमा
यहीँ सत्यको महसुस गराउन विविध प्रकोप हामी छौँ झेल्दै
गन्तव्य बिहिन यात्रीले झैँ दुरुपयोग जीवन लाई गरि खेल्दै
पुर्वज विद्वान् जनले न्यानो काखमा संस्कार पुर्वीय दिए
ईश्वरिय योजना गन्तव्य बनाउँन आध्यात्मिक ज्ञान दिए
फरक-फरक देखिन लक्ष्य बिहिन भइ हामी अस्वस्थ प्रतिस्पर्धा गर्यौं
अहंकारको प्रभावमा पर्दा निर्दिष्ट दिशा हामी ले सबै भुल्यौं
प्रमेश्वरको अनुपम प्रेमले सार्थक बन्नेछ मानव काया
संकट प्रभाव आउँछन् जान्छन् हामी गन्तव्य को गरौँ माया
ज्ञानी सज्जन व्यक्ति हरुसंग सधैं सत्संग नियमित गरौँ
गन्तव्य प्राप्त गर्न हामी बाधा अवरोध पन्छ्याइ अघि बढौं
श्रीराम दहित
