• ट्रेण्डिङ्ग :
राप्रपालाई चुनाव चिह्न ‘हलो’ नदिए सडकबाट विकल्प खोज्ने लिङ्देनकाे चेतावनी 

राप्रपालाई चुनाव चिह्न ‘हलो’ नदिए सडकबाट विकल्प खोज्ने लिङ्देनकाे चेतावनी 


  • 9.0K
    SHARES
    • फाल्गुण ३०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    राप्रपालाई चुनाव चिह्न ‘हलो’ नदिए सडकबाट विकल्प खोज्ने लिङ्देनकाे चेतावनी 

    काठमाडौं, ३० फागुन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन् । 

    images

    बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपालाई चुनाव चिह्न हलो दिनुपर्ने माग गर्दै नदिएमा सडकबाट विकल्प खोज्ने चेतावनी दिएका हुन् । 

    राप्रपालाई चुनाव चिह्न हलो नदिएमा निर्वाचन बहिस्कार नगर्र्ने, तर हुन नदिने भन्दै उनले भने, ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिँदैनौँ ।’ 

    राप्रपालाई राजनीतिक मूलधारबाट धकेल्ने र देशलाई मुठभेडतर्फ लैजान खोजेको भन्दै लिङ्देनले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए । 

     


    तेस्रो आँखा