• ट्रेण्डिङ्ग :
एमसीसीविरूद्ध छरिएका भ्रमको पछि नलाग्न महामन्त्री शर्माकाे आग्रह

एमसीसीविरूद्ध छरिएका भ्रमको पछि नलाग्न महामन्त्री शर्माकाे आग्रह


  • 6.8K
    SHARES
    • फाल्गुण ३०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    एमसीसीविरूद्ध छरिएका भ्रमको पछि नलाग्न महामन्त्री शर्माकाे आग्रह

    काठमाडौं, ३० फागुन। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको दिगो विकास र समृद्धिको लागि एमसीसी स्वीकारिएको बताएका छन्। ‘घरघर जाउँ, कांग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्न उदयपुर पुगेका महामन्त्री शर्माले सो कुरा बताएका हुन्।

    images

    नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै शर्माले एमसीसीलाई गलत व्याख्या गरिएकोले यसविरुद्धमा छरिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय नेता, कार्यकर्तालाई आग्रह समेत गरे।

    ‘देशमा विद्युत, सडक तथा पूर्वाधारको निर्माणमा एमसीसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै अर्थ छैन,’ उनले भने ‘यस्ता भ्रमको पछि नलागौँ।’ परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनुपर्ने उनकाे जोड थियाे। 


    तेस्रो आँखा