• ट्रेण्डिङ्ग :
कांग्रेस र एमालेको सरकार आगामी चुनावसम्म जान्छ: महामन्त्री थापा

कांग्रेस र एमालेको सरकार आगामी चुनावसम्म जान्छ: महामन्त्री थापा


  • 2.7K
    SHARES
    • फाल्गुण १२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.1K Views

    कांग्रेस र एमालेको सरकार आगामी चुनावसम्म जान्छ: महामन्त्री थापा

    रोल्पा, ११ फाल्गुन । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस रोल्पाको दोस्रो सम्मेलन तथा बृहत आमसभालाई सम्बोधन गर्दै कांग्रेस र एमालेको सरकार आगामी चुनावसम्म जाने बताउनु भएको छ । उहाँले यो सरकार ३ वर्षका लागि ढुक्क भएको उद्घोष गर्नुभयो ।

    images


    ूनेपाली कांग्रेसले एमाले र माओवादी केन्द्रको सरकार आगामी चुनावसम्म अगाडि बढोस् भन्ने चाहन्थ्यो तर विडम्बना नेपाली कांग्रेस र एमालेको सरकार बन्न पुग्योू महामन्त्री थापाले भन्नुभयो । 


    नेपाली कांग्रेसले २००७ सालमा बिमान अपहरण गरेको र कसैलाई हिंसा नगरेको र नेपाली कांग्रेसले हिंसा पनि नचाहने पार्टी भएको समेत जिकिर गर्नुभयो । "नेपाली कांग्रेसको नेतृत्वमा ठूल्ठूला परिवर्तन सम्भव भएको हो' उहाँले भन्नुभयो । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टी भित्र चित्त नबुझेको कुरा सबैले राख्न पाउने अधिकार रहेको बताउनुभयो । नेपाली कांग्रेस पार्टीको १५ औं महाधिवेशन समयमै सम्पन्न हुन्छू, उहाँले भन्नुभयो ।

    478460842_522717910401305_7886866824833537386_n.jpg


    प्रदेश खारेज गर्नुपर्छ भन्ने हल्ला चलिरहेको सन्दर्भमा  

    प्रदेश सरकार खारेज भए रोल्पा जस्तो जिल्लालाई असर पर्ने बताउनुभयो । संघीय सरकारले प्रदेश सरकारलाई पुर्ण अधिकार नदिदा समस्या हुने गरेको बताउनुभयो । संघीय सरकारको मन्त्रालय घटाएर प्रदेश सरकार बलियो बनाउनुपर्ने उहाँको धारणा थियो।


    नेकपा माओवादी केन्द्र १७ हजार बढी जनताको बलिदानबाट अगाडि बढेको पार्टी भएको बताउदै, माओवादीको युद्ध जनयुद्ध नभई धनयुद्ध भएको समेत दाबी गर्नु भएको छ ।


    भरत विश्वकर्मा
    लेखकबाट थप