• ट्रेण्डिङ्ग :
म्याग्दीमा दुई पटक भूकम्पको धक्का

म्याग्दीमा दुई पटक भूकम्पको धक्का


  • 3.0K
    SHARES
    • फाल्गुण १३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.7K Views

    म्याग्दीमा दुई पटक भूकम्पको धक्का

    म्याग्दी, फागुन १४ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रविन्द रिमालले जानकारी दिनुभयो । 

    images

    चार रेक्टरस्कल भन्दा तलको भूकम्पको धक्का महसुस भए पनि आत्तिनुपर्ने अवस्था नहुने तर सतर्कता आवश्यकता रहेको रिमालको भनाई छ । यो पराकम्प नभई छुट्टै भूकम्प हो ।

    बिहान सुतिरहेको अवस्थामा दुई पटक धक्का महसुस भएको धवलागिरि गाउँपालिका–७ ताकमका गोपाल आचार्यले बताउनुभयो । भूकम्पको धक्का महसुस मालिका गाउँपालिका र धवलागिरि गाउँपालिकाका विभिन्न बस्तीमा भएको छ। जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए । 

    पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुई दशक यता ४ देखि ५ रेक्टर स्केलका भूकम्पको २० पटकभन्दा बढी धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । म्याग्दीको धौलागिरि हिमालको फेद हुँदै एउटा भूकम्पको फल्ट रहेकाले पश्चिम म्याग्दीमा साना धक्का महसुस भइरहेको छ । 


    तेस्रो आँखा