• ट्रेण्डिङ्ग :
कांग्रेस रुकुम पश्चिम सभापतिमा ओली चयन

कांग्रेस रुकुम पश्चिम सभापतिमा ओली चयन


  • 5.9K
    SHARES
    • मंसिर ९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    कांग्रेस रुकुम पश्चिम सभापतिमा ओली चयन

    जाजरकोट, ९ मंसिर

    images

    नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश ओली सर्वसम्मत चयन हुनु भएको छ । सातौँ जिल्ला अधिवेशनबाट उहाँ पुनः सभापति बन्नु भएको हो ।

    मंगलबार भएको बन्द सत्रले पूर्वराज्यमन्त्री गोपालजंग शाहको नेतृत्वमा सहमतिको लागि एक कार्यदल बनाएको थियो । उक्त कार्यदलले सभापतिसहित जिल्ला कार्यसमितिको सहमति निर्वाचन समितिलाई बुझाएको थियाे ।

    साेही सहमति अनुसार जिल्ला उपाध्यक्षमा हर्कसिंह खत्री र सुरतजंग मल्ल चयन हुनु भएको छ । सचिवमा परमेश्वर भण्डारी र तारक शाही चयन हुनु भएको छ भने सहसचिव यज्ञ विष्ट र प्रेमबहादुर खड्का हुनु भएको छ ।

    प्रदेश निर्वाचन क्षेत्र नम्बर 'क' को सभापतिमा महेन्द्र केसी र 'ख'को सभापतिमा भद्रबहादुर विष्ट हुनु भएको छ । 


    तेस्रो आँखा