• ट्रेण्डिङ्ग :
तीन डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस

तीन डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस


  • 9.6K
    SHARES
    • चैत्र १, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    तीन डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस

    काठमाडाैं, १ चैत । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ । 

    images

    गृह मन्त्रालयको बढुवा समितिको आज बसेको बैठकले वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार तीनै जनालाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । 

    275866899_536472281114503_7063181672700262415_n.jpg


    तेस्रो आँखा