• ट्रेण्डिङ्ग :
सिस्ने–सिँवा सडक खण्ड दिउँसो एक घण्टा मात्र खुल्ने

सिस्ने–सिँवा सडक खण्ड दिउँसो एक घण्टा मात्र खुल्ने


  • 7.5K
    SHARES
    • फाल्गुण १९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 11.6K Views

    सिस्ने–सिँवा सडक खण्ड दिउँसो एक घण्टा मात्र खुल्ने

    ताप्लेजुङ, फागुन १८ । ताप्लेजुङस्थित तमोर कोरिडोरको सिस्नेखोला–सिँवा बजार सडक खण्ड दिउँसो एक घण्टा मात्र खुल्ने भएको छ। फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिममा पर्ने उक्त खण्डमा सडक निर्माणको काम भइरहेकाले दिउँसो एक घण्टा मात्र सडक खुल्ने भएको हो।

    images

    फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले आइतबार जारी गर्नुभएको सूचनाअनुसार बिहान ११ देखि १२ बजेसम्म मात्र सिस्नेखोला–सिँवा बजार सडक खण्ड खुला हुने छ। सडक निर्माणको काम भइरहेकाले सो खण्डमा सडक बन्द गर्नुपरेको अध्यक्ष लिम्बूद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

    अर्को सूचना नभएसम्म सो सडक खण्ड बन्द रहने छ। सिस्नेखोला–सिँवा बजार खण्डमा निर्माणको काम नसकिँदासम्म प्रत्येक दिन बिहान ७ बजेदेखि ११ बजेसम्म सडक बन्द हुने सूचनामा उल्लेख छ। त्यस्तै दिनको १२ देखि बेलुका ५ बजेसम्म सडक बन्द हुने छ। बिहान ११ देखि १२ बजेसम्म र बेलुका ५ देखि बिहान ७ बजेसम्म भने सडक खुला रहने छ।

    यसअघि बर्खायाममा पहिरोले उक्त खण्डमा सडकमा क्षति पुगेको र यातायात सञ्चालन गर्न असहज भएपछि हाल सडक मर्मत तथा चौडा गर्ने काम भइरहेको बताइएको छ। मर्मतको काम भइरहेका कारण सडक बन्द हुँदा सदरमुकाम फुङ्लिङ हुँदै तापेथोक लेलेप सञ्चालन हुने यातायात सेवा प्रभावित बनेको छ।


    तेस्रो आँखा