• ट्रेण्डिङ्ग :
धनगढी र सुर्खेतमा उडान गर्ने यती एयरलाइन्सको तयारी

धनगढी र सुर्खेतमा उडान गर्ने यती एयरलाइन्सको तयारी


  • 4.7K
    SHARES
    • फाल्गुण २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.3K Views

    धनगढी र सुर्खेतमा उडान गर्ने यती एयरलाइन्सको तयारी

    काठमाडौँ, फागुन २५ । यती एयरलाइन्सले गन्तव्य विस्तार गर्ने उद्देश्यले एकैदिन दुई वटा विमानस्थलमा प्रदर्शन उडान गरेको छ । हाल आन्तरिकतर्फका आठ वटा गन्तव्यमा नियमित उडान गर्दै आएको कम्पनीले नाइन एन–एएमएन एटिआर जहाजबाट शनिबार सुर्खेत र धनगढी विमानस्थलमा प्रदर्शन उडान सम्पन्न गरेको हो । हाल उक्त विमास्थलमा अन्य हवाई कम्पनीका एटिआर जहाजले नियमित गर्दै आएका छन् ।

    images

    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार नेपालगन्ज विमानस्थलबाट उडेको यतीको जहाज शनिबार दिउँसो १२स्१७ मा सुर्खेत विमानस्थलमा अवतरण गरेको हो भने नेपालगन्जबाटै उडेको सोही जहाज दिउँसो २स्४५ बजे धनगढी विमानस्थलमा अवतरण गरेको हो । उहाँले भन्नुभयो, “निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने उद्देश्यले सुर्खेत र धनगढीमा परीक्षण उडान गरेको हो । यतीका जहाजले अब ११ वटा गन्तव्यमा उडान गर्न सक्ने छन् ।”

    यसअघि फागुन २० गते कम्पनीले राजविराज विमानस्थलमा पनि परीक्षण उडान सम्पन्न गरिसकेको जानकारी दिँदै यी विमानस्थलमा भएका परीक्षण उडानको रिपोर्टको आधारमा नियमित उडान गर्ने तयारी गरेको उहाँले बताउनुभयो । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हाल सुर्खेत र धनगढी विमानस्थलमा अन्य कम्पनीका एटिआर जहाजले नियमित उडान गर्दै आएकामा प्रदर्शन उडानको रिपोर्टका आधारमा नियमित उडानको स्वीकृति दिइने जानकारी दिनुभयोे । प्राधिकरणका अनुसार एटिआर जहाज उडान अवतरणका लागि १२ देखि १५ सय मिटरसम्म धावनमार्ग चाहिन्छ । धनगढी विमानस्थलको धावनमार्गको लम्बाइ १८ सय र सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार २५५ मिटर छ । 


    तेस्रो आँखा