• ट्रेण्डिङ्ग :
राप्रपाले काठमाडौं महानगरलाई एक लाख जरिवाना बुझायो

राप्रपाले काठमाडौं महानगरलाई एक लाख जरिवाना बुझायो


  • 10.6K
    SHARES
    • फाल्गुण २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 16.2K Views

    राप्रपाले काठमाडौं महानगरलाई एक लाख जरिवाना बुझायो

    काठमाडौं, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ ।

    images

    पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा फोहोर गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । महानगरले आइतबार नै राप्रपालाई जरिवानाको पत्र पठाएको थियो ।

    महानगरले पत्र काटेको भोलिपल्टै राप्रपा संसदीय दलका प्रमुख सचेत ज्ञानेन्द्र शाहीलगायतका नेताहरू महानगर कार्यालय, कमलादी पुगेर जरिवाना बुझाउनु भएको हो ।

    raprapa-mahanagar-jaribana.jpg



    तेस्रो आँखा