• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

प्रधानमन्त्री ओलीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण


  • 4.9K
    SHARES
    • चैत्र ३, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 7.5K Views

    प्रधानमन्त्री ओलीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

    काठमाडौँ, चैत  ४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । 

    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायत विषय समेटिएको घोषणापत्र बुुझाएको हो ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुुभकामना दिनुुभयो । महासङ्घको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनबाट भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । 


    तेस्रो आँखा