• ट्रेण्डिङ्ग :
राष्ट्रपति ट्रम्पका सुरक्षा निर्देशकसँग विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह

राष्ट्रपति ट्रम्पका सुरक्षा निर्देशकसँग विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह


  • 5.0K
    SHARES
    • चैत्र ४, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.6K Views

    राष्ट्रपति ट्रम्पका सुरक्षा निर्देशकसँग विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह

    काठमाडौं, चैत ५ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँ दिल्लीमा मंगलबार भेटवार्ता गर्नुभएको छ । भारतको विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज साइडलाइन  भेटवार्ता भएको हो ।

    images

    त्यस भेटका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानीसँगै मन्त्री डा। राणाले हमासको नियन्त्राणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गर्नुभयो । विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारलाई आग्रह गरेको स्मरण गराउँदै उहाँले विपिनको रिहाइका लागि नेपालले अमेरिकी सहयोगको अपेक्षा गरेको जानकारी दिनुभएको थियो । 

    इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिनलाई सन् २०२३ को अक्टोबरमा हमास समूहले इजरायली भूमिबाट अपहरण गरेर लगेका थिए । 

    उहाँको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । विश्वका नेता एवम् आफ्ना समकक्षीहरुसँगको भेटमा मन्त्री डा राणाले विपिन रिहाइका लागि सहयोगको याचना गर्दै आउनु भएको छ ।

    सो भेटवार्ताका क्रममा वरिष्ठ सुरक्षा निर्देशक रिकीले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 


    तेस्रो आँखा