• ट्रेण्डिङ्ग :
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान

बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान


  • 5.5K
    SHARES
    • चैत्र ६, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 8.5K Views

    बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान

    काठमाडौँ, चैत  ७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ । 

    images

    आर्थिक वर्ष २०८२र८३ को बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले सरोकार भएका सबैलाई सुझाव दिन आज एक सूचनामार्फत आह्वान गरेको हो । 

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार भएका  सबै क्षेत्रबाट सुझाव सङ्कलन गर्ने निर्देशन दिनुभएको छ । मन्त्रालयका स्वास्थ्यसम्बन्धी कार्यक्रममा सुझाव दिन सकिने छ । उक्त मन्त्रालयले बजेट ‘सिलिङ’का आधारमा प्राथमिकताका क्षेत्र निर्धारण गर्न सरोकार भएकाहरुसँग विगत केही दिन यता निरन्तर छलफल गर्दै आएको छ । 


    तेस्रो आँखा