• ट्रेण्डिङ्ग :
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली

विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली


  • 8.7K
    SHARES
    • चैत्र ९, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 13.4K Views

    विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली

    काठमाडौँ, चैत  १० । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुभएको छ। 

    images

    राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको  ‘टुगेदर फर टुमरो स् युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘समस्या छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ।’ उहाँले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो।

    ‘हामीले थुप्रै मेडिकल कलेज बनायौं, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौं। कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन्। त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउनेछ’’, उहाँले भन्नुभयो। 

     

    प्रधानमन्त्री ओलीले  सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बताउनुभएको छ। उहाँले थप भन्नुभयो, ‘‘हाम्रा छोरीहरुले विशेषज्ञ चिकित्सको सपना देख्नुभएको छ, त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुभएको छ, यो अहिलेको समयको उपलब्धि हो। हामी भावनात्मक ढङ्गले चल्नुहुँदैन, अहिले जति पनि समस्या छन्, ती विकासको गतिसँगै आएका हुन् त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ।’’

    प्रधानमन्त्री ओलीले  उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रह गर्नुभयो।

    कार्यक्रमा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब १ सय ४० युवाको सहभागिता थियो। उनीहरुले आफ्ना क्षेत्रको अवस्था र समस्या राखेका थिए। प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस रुपमा प्रतिवेदन ल्याउन आग्रह गर्नुभयो। त्यसलाई सरकारको आगामी  नीति तथा कार्यक्रम र बजेटमा समेटेर लाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।  


    तेस्रो आँखा