• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा


  • 5.6K
    SHARES
    • चैत्र ११, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 8.5K Views

    प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

    काठमाडौं, चैत १२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको बताउनुभएको छ ।

    images

    मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व उपप्रधानमन्त्री सुजता कोईरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबाु आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

    उहाँले आफू र प्रधानमन्त्री ओली जेलमासँगै बसेको त्यही बेलादेखिको साथी भएको बताउनुभयो । उहाँले आफूहरुबिच राजनीति फरक ठाउँमा रहे पनि मित्रवत भावना रहेको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, ूओलीजी र हाम्रो पार्टीको बिचमा सहमति भएको छ । उहाँ र म जेलमा सँगै बसेको हो । उहाँ त जेल भित्रको पनि जेलमा बस्नुभएको हो । हाम्रो राजनीति आफ्नो ठाउँमा छ । हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ । हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन । कांग्रेसको पूर्ण समर्थन छ ।ू

    सभापति देउवाले स्व। गिरिजाप्रसाद कोईराला निडर व्यक्ति रहेको बताउनुभयो । 


    तेस्रो आँखा