• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)


  • 6.1K
    SHARES
    • चैत्र ११, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 9.3K Views

    मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)

    काठमाडौँ, चैत १२ । सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् २७ निर्णय सार्वजनिक गर्नुभएको हो । 

    images

    सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा हितेन्द्रदेव शाक्यरलाई नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्ति गरेको हो। 

    बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता गुरुङले सरकारले सरकारले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि प्राप्त हुने ऋण सहायताको वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो। 

    प्रवक्ता गुरुङका अनुसार सरकारले सहसचिव  विन्देश्वरप्रसाद लेखकलाई नेपाली महावाणिज्यदूतावास, हङकङको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गरेको छ। 

    c1.jpgc2.jpg


    तेस्रो आँखा