• ट्रेण्डिङ्ग :
 'राजीनामा दिएर निर्वाचन लड्नु राम्रो हो' 

 'राजीनामा दिएर निर्वाचन लड्नु राम्रो हो' 


  • 12.5K
    SHARES
    • चैत्र ४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 19.2K Views

     'राजीनामा दिएर निर्वाचन लड्नु राम्रो हो' 

    ललितपुर, ४ चैत। ललितपुरका जनप्रतिनिधिहरूले निर्वाचन आयोगले जनप्रतिनिधिहरूले राजीनामा दिएपछि मात्र उम्मेदवार दिनुपर्ने व्यवस्था ठिक भएको बताएका छन्।

    images

    ललितपुर  महानगरकी उपमेयर गीता सत्याल राजीनामा दिनुपर्ने व्यवस्था सही भएको बताउँछिन्। उनी भन्छिन्, ‘यो व्यवस्था मेरो विचारमा एकदमै राम्रो हो। जनप्रतिनिधिको कुर्सीमा बसेर निर्वाचन लड्नु ठिक होइन।’

    गोदावरी नगरकी उपमेयर मुना अधिकारी पनि राजिनामा दिएरै निर्वाचनमा जानुपर्ने व्यवस्थालाई सदर गर्छिन्। उनी भन्छिन्, ‘सरकारी कुर्सीमा बसेर चुनाव लड्दा अरु प्रत्यासीलाई असर पर्ला भन्ने उद्देश्य होला, मलाई ठिकै लाग्यो।’

    दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाकी उपमेयर कमला तामाङ जनप्रतिनिधिले राजिनामा दिएरै निर्वाचनमा जानु उपर्युक्त हुने बताउँछिन्। ‘नेतृत्वले सोचेर नै निर्णय लिएको होला । मलाई ठिक लागेको छ,’ उनी भन्छिन्।

    कोञ्ज्योसोम गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामा भने पार्टीले टिकट दिएपछि मात्र राजीनामा दिनु उपर्युक्त हुने बताउँछिन्। महालक्ष्मी नगरकी उपमेयर निर्मला थापा भने यस विषयमा बोल्न चाहिनन्।


    तेस्रो आँखा