• ट्रेण्डिङ्ग :
ऋषि सन्देश !

ऋषि सन्देश !


  • 3.9K
    SHARES
    • चैत्र २२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 6.0K Views

    ऋषि सन्देश !

    तिमि त्यो नसोंच म टाढा छु भनि रुप जुनसुकै हुन सक्छ तिमि संगै छु!
    ध्यान गरि त हेर मलाई ,तिम्रै चेतना मा सधैं म मुस्कुराइ रहने छु!

    images

    ठक्कर पाएर मात्र तिमिले ऐया!हुँदा मलाई स्मरण गर्ने गलत चलन छ!
    सुख भोगको दौडमा थाहा थियो मलाई तिम्रो यात्रा कुन उद्देश्य हुँदै छ !

    तिमि जतिबेला दुखमा तड्पिन्छौ मैले मातृवत्सल्य मुस्कुराउँदै दिनेछु!
    हरपल मलाई आफ्नै सम्झि ध्यान दृष्टि द्वारा हेर तिम्रो चेतना खोल्नेछु!

    मधुर ध्वनि संसारको भुलेर एक छिन् सुन प्रेरणा गीत गाउँदै छु!
    अन्तर दृष्टिले हेर्ने प्रयास गर मलाई 
    तत्व दर्शि बन्ने मार्ग प्रसस्तै गर्नेछु!

    सन्देश मेरो तिमि सुन्ने चेस्ता गर्दैनौ
    आफ्नै धुनमा हाँस्ने-रुने गर्दछौ!
    चर-अचर सृष्टिमा बास हुन्छ मेरो 
    तथ्य सत्य के हो म बाट टाढा रहन्छौ!

    दिव्य सनातन परम्परा क्षय हुँदैछ निरन्तर तिम्रो अप्राकृतिक जीवनशैली!
    ऋषि सन्तान कहलिन्छौ मात्र तड्पाउने तड्पिने अप्राकृतिक जीवनशैली !

    महामन्त्र ध्वनिमा अतुलनीय उर्जा छ आत्मालाई शुद्धीकरण गरि राख
    मन्त्रको दुरुपयोग तान्त्रिक बनि नगर मानव जीवन पवित्र सधैं राख

    संगठित बनि क्रान्तिको मार्गमा हिंड सुरक्षा कवज बन्नेछु सधैं !
    तिम्रो जीवनको उपबनमा फुल्ने पुष्पले दुरदराजमा सुगन्ध दिनेछ सधैं !


    तेस्रो आँखा