• ट्रेण्डिङ्ग :
जाजरकोट भूकम्प : तीन जना घाइते

जाजरकोट भूकम्प : तीन जना घाइते


  • 3.3K
    SHARES
    • चैत्र २२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 5.1K Views

    जाजरकोट भूकम्प : तीन जना घाइते

    रुकुमपश्चिम, चैत २३ । शुक्रबार राति जाजरकोटको पैंक केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमका तीन जना घाइते भएका छन् । भूकम्पको डरले भाग्ने क्रममा तीन जना घाइते भएका हुन् ।

    images

    रुकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार भूकम्पको कारण त्रिवेणी गाउँपालिका–८ पेउघाका १६ वर्षीय खम्बु विक, बाँफिकोट गाउँपालिका–८ झुला निवासी १६ वर्षीया हिमाली देवकोटा र सानीभेरी गाउँपालिका–३ बेलटापु निवासी सीता पुन घाइते हुनुभएको हो ।

    भूकम्पको डरले भाग्ने क्रममा घाइते भएपछि त्रिवेणीका विक र बाँफिकोटकी देवकोटालाई जिल्ला अस्पताल सल्लेमा भर्नामा गरिएको छ । पुनको भने घरमै उपचार भइरहेको बताइएको छ ।

    जिल्ला अस्पतालका प्रमुख डा। महेश चौलागाईका अनुसार विकको बाँया खुट्टा भाँचिएको छ भने देवकोटाको ढाडमा चोट रहेको छ । उहाँलाई बेहोस भएको भन्दै आफन्तले राति नै अस्पताल ल्याएका थिए । विकको खुट्टाको अप्रेसन गरिने छ भने देवकोटाको अवस्था सामान्य बन्दै गएको छ ।

    यसैगरी, भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा घरहरू चर्किएका छन् भने केहि घर भत्किएका छन् । आठबिसकोट नगरपालिका प्रमुख रबि केसीले मानविय क्षति नभएको तर घरहरूमा क्षति भएको जानकारी दिनुभयो । २०८० कात्तिक १७ गतेको भूकम्पले सामान्य चर्किएका घरहरू जोखिमपूर्ण बनेको उहाँले बताउनुभयो । ती घरहरू बस्न लायक नभएको र रातभर सर्वसाधारणहरू डरले जाग्राम रहेको नगर प्रमुख केसीले उल्लेख गर्नुभयो । 

    जाजरकोट कुसे गाउँपालिकाको पैंक केन्द्रबिन्दु भएर शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५।२ र ८ बजेर १० मिनेटमा ५।५ म्यानिच्युडको भूकम्प गएको थियो । २०८० कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले ठुलो मानविय र भौतिक क्षति गरेको थियो ।


    तेस्रो आँखा