काठमाडौं, ४ चैत । नेपाली कांग्रेसले चैत ११ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। चैत ११ गते दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हाे ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरीमा बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यलाई बोलाइएकाे जानकारी दिए ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायतका विषयमा छलफल हुने बताइएको छ।
