• ट्रेण्डिङ्ग :
माधव नेपाललाई ओलीको कटाक्ष- 'हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?'

माधव नेपाललाई ओलीको कटाक्ष- 'हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?'


  • 11.5K
    SHARES
    • चैत्र ५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 17.6K Views

    माधव नेपाललाई ओलीको कटाक्ष- 'हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?'

    काठमाडौं, ५ चैत। एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएकाे भन्दै कटाक्ष गरेका छन्।

    images

    राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग बिहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नु पर्दैन ?’ 

    उनले देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थीको संज्ञा दिएका छन्। यस्तो सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर लुसुक्क–लुसुक्क मत दिएको आरोप लगाए।

    अध्यक्ष अ‍ोलीले एमालेको सरकारले गरेको राम्रा काम मात्रै जनतालाई सुनाएर मत माग्न आग्रह गरे। सरकारको भने खान मात्रै चिन्ता रहेको टिप्पणी गरे।


    तेस्रो आँखा