काठमाडौं, ६ चैत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट दलको सदस्यबाट निलम्बित भएका छन्।
दलका नेता महेन्द्रबहादुर शाहीले आज प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिए ।
विष्टलाई चैत ३ गते बसेको प्रदेशसभा दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो। तर त्यो निर्देशन अवज्ञा गरेको भन्दै उनलाई दलको सदस्यबाट निलम्बन गरिएको शाहीले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
एमालेमा प्रवेश गर्ने उनको तयारी छ। यसअघि नै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।
