• ट्रेण्डिङ्ग :
स्थानीय चुनावमा एमालेले कसैसंग तालमेल नगर्ने 

स्थानीय चुनावमा एमालेले कसैसंग तालमेल नगर्ने 


  • 9.0K
    SHARES
    • चैत्र ७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    स्थानीय चुनावमा एमालेले कसैसंग तालमेल नगर्ने 

    काठमाडाै,७ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आगामी स्थानीय तहको निार्वचनमा कसैसंग चुनावी तालमेल नगर्ने भएको छ । आज पार्टीका  प्रमुख सचेतक विशाल भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने बताएका हुन् । । राष्ट्रियस्तरमा एमालेको कुनै पार्टीसँग तालमेल नहुने उनले स्पष्ट पारे ।

    images

    आज पार्टीको पोलिटब्यूरो बैठक सुरू हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै सचेतक भट्टराईले यस्तो बताएका हुन् । उनले पोलिटब्यूरोको बैठक आगामी केन्द्रीय समितिको बैठकको तयारी तथा स्थानीय तहको चुनावमै केन्द्रित हुने जानकारी दिए ।

    सम्भावित तालमेलका विषयमा सोधिएको प्रश्नमा भट्टराईले भने, ‘एमाले एकदम स्पष्ट छ । हाम्रो पार्टीले यो स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन, एमाले एक्लै भिड्छ ।’  एमालेलाई कसैले हराउन नसक्ने समेत भट्टराइले बताए ।  

     


    तेस्रो आँखा
    लेखकबाट थप