• ट्रेण्डिङ्ग :
मदन नगरमा एमालेको स्मृतिसभा, नेताद्वयको योगदानको सम्झना (तस्बिरहरु)

मदन नगरमा एमालेको स्मृतिसभा, नेताद्वयको योगदानको सम्झना (तस्बिरहरु)


  • 2.4K
    SHARES
    • जेठ ४, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 3.7K Views

    मदन नगरमा एमालेको स्मृतिसभा, नेताद्वयको योगदानको सम्झना (तस्बिरहरु)

    काठमाडौं, ३ जेठ । नेकपा (एमाले) का नेताद्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औं स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम छ ।

    images

    एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेका थिए । विसं २०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो । त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो ।

    विसं २०७२ को भूकम्पबाट कार्यालयमा क्षति पुगेकाले प्रयोग नै गर्न नसकिने भएपछि भत्काएको थियो । उक्त परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा रहेको छ । त्यसपछि एमाले कार्यालय कहिले धूम्रबाराही त कहिले थापाथली सारिएको थियो ।

    हाल एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको छ । मदन आश्रित स्मृति दिवसका दिन भने बल्खुस्थित सोही कार्यालय र त्यहाँको मदन भण्डारीको प्रतिमाले विशेष महत्व पाउने गरेको छ ।

    madan-as-1.jpg
    undefined

    madan-as-2.jpgmadan-as-3.jpgmadan-as-4.jpg


    तेस्रो आँखा