• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभामा बजेट टेबुल

प्रतिनिधिसभामा बजेट टेबुल


  • 2.8K
    SHARES
    • जेठ १६, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 4.2K Views

    प्रतिनिधिसभामा बजेट टेबुल

    काठमाडौं, १५ जेठ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)को प्रति टेबुल गरिएको छ ।

    images

    प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट टेबुल गर्नुभएको हो । सङ्घीय संसद्को संयुक्त बैठकमा आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो ।

    सभामुख देवराज घिमिरेले बजेटमाथि सामान्य छलफल गर्न र अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि यही जेठ २०, २१, २२ र २३ गतेका दिन तोकेको जानकारी दिनुभयो।

    उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन दलीय पदाधिकारीले आआफ्ना दलका सांसदको नाम बैठक बस्नु एक घण्टा अगावै उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो । 

  • सम्बन्धित विषय:

  • # आर्थिक वर्ष २०८२/८३ काे बजेट

  • तेस्रो आँखा