• ट्रेण्डिङ्ग :
पूर्वजनमुक्ति सेनाका कमाण्डरलाई उपचारमा सहयोग गर्ने प्रचण्डकाे प्रतिवद्धता

पूर्वजनमुक्ति सेनाका कमाण्डरलाई उपचारमा सहयोग गर्ने प्रचण्डकाे प्रतिवद्धता


  • 8.2K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    पूर्वजनमुक्ति सेनाका कमाण्डरलाई  उपचारमा सहयोग गर्ने प्रचण्डकाे प्रतिवद्धता

    काठमाडौं, ८ चैत। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले वीर अस्पतालमा उपचारत पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डरलाई भेटेका छन् ।

    images

    प्रचण्डले काभ्रे महाभारत गाउँपालिका-६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेटेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

    मकवानपुरको झुरझुरेमा घाइते भएका राना शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रही काम गर्दै आएका थिए। टाउकोमा लागेको चोट बल्झिएपछि उनको खुट्टामा इन्फेक्सन देखिएको र त्यसकारण दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।

    अहिले उनको परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकको सहयोगले रानाको उपचार भइरहेको छ ।

    प्रचण्डले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने बताए । सात वर्षका बालकको पढाई र रानाकी श्रीमतीको रोजगारीको लागि पहल गर्ने प्रचण्डले बताए । 


    तेस्रो आँखा