• ट्रेण्डिङ्ग :
नेविसंघको रिले अनशन जारी 

नेविसंघको रिले अनशन जारी 


  • 5.7K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    नेविसंघको रिले अनशन जारी 

    काठमाडाैं,८ चैत्र । नेपाल विद्यार्थी संघ संघर्ष समितिले पाँच बुँदे माग सहित पार्टी मुख्यालयमा सुरु गरेको रिले अनशन आज पनि जारी छ । लामो समय देखि नेतृत्व विहिन अवस्थामा रहेको नेविसंघलाई पार्टीले अझै कोमामा राखेको छ । पार्टीको नर्सरीको रुपमा स्थापीत नेविसंघ पार्टीले विघटन गरेको डेढ महिना वितिसक्दा समेत नयाँ नेतृत्व चयन गर्न सकेको छैन् । 

    images

    पार्टीलाई नेविसंघमा ३२ वर्षे उमेरहद कायम गराउने कि उमेर हदलाई पर राखेर नेतृत्वको जिम्मेवारी दिने भन्ने अझै अन्योल छ । पार्टीको अन्योलकाबीच नेविसंघ संघर्ष समितिले तीन दिनदेखि पार्टी कार्यालय सानेपामा रिले अनशन जारी राखेका हुन् । उनीहरुले नेविसंघको विधानको पूर्ण कार्यन्वायन गर्नुपर्ने्, सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुनेगरी तदर्थ समिति गठन गर्नुपर्ने, आसन्न निर्वाचनहरुमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गरिनुपर्ने माग राखेका छन् ।

    त्यस्तै अध्यावधिक स्ववियु निर्वाचन र नेविसंघको महाधिवेशनको ग्यारेन्टी गर्नुपर्ने र नेविसंघको विधान सम्बत १२ औं महाधिवेशन सुनिश्चित गर्नुपर्ने नेविसंघले जनाएको छ । आफ्ना मागहरु पुरा नहुदा सम्म अनसन जारी रहने नेविसंघका पूर्व केन्द्रीय सदस्य लिला बल्दभ दाहाल काकाले बताए ।    


    तेस्रो आँखा
    लेखकबाट थप