• ट्रेण्डिङ्ग :
बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन


  • 6.0K
    SHARES
    • जेठ ३२, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 9.3K Views

    बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

    तुलसीपुर, ३१ जेठ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन बिग्रिएको एक वर्षभन्दा बढी भए पनि मर्मत हुन सकेको छैन । अस्पतालमा १४ वटा मेसिनमध्ये हाल पाँच वटा मेसिन बिग्रिएका छन् । 

    images

    नौ वटा मेसिन भने चालु अवस्थामा रहेको अस्पतालका डायलासिस शाखा प्रमुख लिना बडेलले बताउनुभयाे । मर्मत गर्नका लागि काठमाडौँबाट इञ्जिनियर नै आउनुपर्ने भए पनि इञ्जिनियर आउन नमानेको उहाँले बताउनुभयो । ‘इञ्जिनियरहरूलाई बोलाएको हो’, उहाँले भन्नुभयो, ‘तर पुराना डिजाइनका भएर होला, उहाँहरू आउनु मान्नुभएको छैन ।’ डायलासिस मेसिन बिग्रिँदा निकै समस्या हुने गरेको छ । 
    घर पायक डायलासिस गर्न चहानेहरूलाई समेट्न नसकिएको उहाँले बताउनुभयाे । तुलसीपुरकै बिरामीहरूलाई पनि घोराही, लमही, बुटवलसम्म लैजानुपर्ने अवस्था रहेको बताउनुभयो । अहिले नियमित ७२ जनाले सेवा लिइरहेका छन् । अस्पतालमा डायलासिसका लागि दाङसहित सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्यूठानलगायतका ठाउँबाट बिरामी आउने गरेका छन् । 


    तेस्रो आँखा