• ट्रेण्डिङ्ग :
बिकाश उप्रेती द्वारा एनआरएनए अमेरिकाको अध्यक्षमा उम्मेद्वारी घोसणा

बिकाश उप्रेती द्वारा एनआरएनए अमेरिकाको अध्यक्षमा उम्मेद्वारी घोसणा


  • 30.4K
    SHARES
    • आषाढ ३, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 46.7K Views

    बिकाश उप्रेती द्वारा  एनआरएनए  अमेरिकाको अध्यक्षमा  उम्मेद्वारी घोसणा

    तेस्रो आँखा, डालास संवाददाता

    images

    NRNA ICC को विधिवत विभाजन पछी हूँन गैरहको NRNA NCC को निर्वाचन अहिले अन्योलमा नै छ I  अब कुन देश कुन ICC संग आबद्धता लिएर अघि बढ़ने छन भन्ने कुराको अझै अन्योलता नै छ I अब कुरा गरौ NRNA एनसीसी अमेरिका कसरी अघि बढ़ने छ भन्ने बारेमा I यो प्रश्नको उत्तर गार्हो भने छैन किन भने आधिकारिक NCC मा प्रत्यक्ष  दुई ध्रुव भैसकेको छ I आधिकारिक NCC का अध्यक्ष, वरिष्ठ उपाध्यक्ष सहीत अधिकांश पदाधिकारी सहित आधा सदस्य MIS System अनुसार गरिने निर्वाचन अध्यक्ष बद्री केसी समूहमा नजीक छन भने, महासचिव सहित आधा सदस्य अध्यक्ष महेश श्रेष्ठ नजीक छन। अर्को NCC ( घले समूह ) को NCC चाही महासचिव समूहकै लाइन महेश श्रेष्ठ अध्यक्ष रहको Non MIS मा रहने निश्चित छ ।

    अब अनुमान गर्दा अमेरिकामा दुई वटा फरक फरक NCC को निर्वाचन भई विधिवत NCC को विभाजन हुने प्रवल संभावना छ। NCC निर्वाचन नजीकीदै गर्दा MIS System अनुसार हुने निर्वाचनमा बढ़ी सदस्यहरू भएको, पुरानो र आधिकारिक पनि भएको कारणले गर्दा बढ़ी चर्चा हुनु स्वाभाविक पनि हो। यसरि अध्यक्ष हुन चाहने उमेदवारहरू अहिले सदस्यता वितरणमा व्यस्त भएको देखीएको छ। यही क्रममा आधिकारिक NCC का वरिष्ठ उपाध्यक्ष बिकाश उप्रेतीले आफनो उमेद्वारी घोषणा गरेका छन। उमेद्वारी घोषणा संभवत बिकाश उप्रेतीनै पहिलो व्यक्ति हुन। उहाँ संग प्रतिस्पर्धाको लागि पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पंत र पूर्व उपाध्यक्ष सतेन्द्र शाहको नाम पनि चर्च हुने गरेको छ तर, उमेदवारी भने घोषणा गरी हालेका छैनन। बिकाश उप्रेती सर्वसम्मत अध्यक्ष हून सक्ने संभावना पनि रहको छ। उप्रेतीका अनुसार  MIS System अनुसार हुने निर्वाचननै आधिकारिक NCC हुने र सबै पक्षलाई समेटेर आफु अगाडी बढन सक्ने कुरा पनि  "तेस्रोआँखा" सँग बताउनु भयो।

    बिकाश उप्रेतीका अनुसार ICC मा अध्यक्ष भन्दा पनि NCC बलियो हूनु पर्छ। सबै साथिहरूले मलाई अघि बढ़ने सल्लाहा दीनु भएको र हाल वरिष्ठ उपाध्यक्ष समेत भएको कारण म अध्यक्षको उमेदवार स्वाभाविक पनि हो। उप्रेती योग्यता पुगेका अमेरिका निवासी सबै नेपालीहरू लाई MIS system अनुसार सदस्यता नवीकरण गर्न  तथा नयाँ सदस्यता लिन विनम्र अनुरोध समेत गरेका छन ।


    तेस्रो आँखा