काठमाडाैं,८ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका कारण मधेसका जनताले न्याय र समृद्धि पाउन नसकेको बताएका छन् ।मधेस प्रदेशको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेको कारण नागरिकता विधेयक अड्किएको आरोपसमेत लगाए ।
ओलीकै कारण मधेशले आफ्नो अधिकार पाउन नसकेको भन्दै फेरि पनि केपी ओली मधेसमा आफ्नो प्रभाव विस्तारमा लागेको टिप्पणी गरे। प्रचण्डले भने, ‘म प्रधानमन्त्री हुँदा दुईपटक मधेसी जनताको भावनाअनुसार संविधान संशोधन प्रस्ताव दर्ता गरेँ । तर, एमालेले त्यसलाई असफल बनायो । एमालेले नै मधेसी जनताको अधिकारमाथि खेलबाड गरेको छ ।’
एमालेले बिनाकारण संसद चल्न नदिएको भन्दै प्रचण्डले ओली अझै प्रतिगमनकै बाटोमा रहेको बताएका हुन् । अध्यक्ष प्रचण्डले अबको दुई महिना आक्रमक ढंगले लागेर चुनाव जित्नपर्ने भन्दै जाली फटाहा र विरोधीलाई तह लगाउनेगरी ब्याटलमा उत्रिन युवाहरूलाई निर्देशनसमेत दिए ।
