• ट्रेण्डिङ्ग :
संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारी विरुद्धको मुद्दामा सुनुवाइ सुरु

संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारी विरुद्धको मुद्दामा सुनुवाइ सुरु


  • 9.6K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारी विरुद्धको मुद्दामा  सुनुवाइ सुरु

    काठमाडाैं,९ चैत्र । संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारी विरुद्धको मुद्दामा  सुनुवाइ सुरुभएकाे छ । संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ती विरुद्धको मुद्दामा संवैधानिक इजलासमा केही समय अघिबाट  सुनुवाइ सुरु भएको हाे ।

    images

    सर्वोच्चले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि समेत सुनुवाइ गर्नेछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । गत शुक्रबार संवैधानिक इजलासबाट आजका लागि पेशी तोक्ने आदेश भएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई एक/एक घण्टा समय दिएको छ ।

    अपुग भए दुवै पक्षले थप आधा/आधा घण्टा समय पाउनेछन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले रिट निवेदन दर्ता गरेका थिए ।

    तर १७ भदौ २०७८ मा न्यायाधीश हरि फुयाँलले एकल इजलासबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएका थिए । उक्त अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ती विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् । अब दुवै मुद्दा एकसाथ अघि बढ्नेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप