काठमाडौ, ५ साउन । एनआरएन जर्मनी (२०२३-२५) का महासचिब सिजन दाहालले एनआरएन जर्मनी २०२५-२७ कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी घाेषणा गर्नुभएको छ ।
दाहालले सम्पूर्ण सदस्यहरुलाई मतदानकाे अपिल गर्दै उम्मेदवारी घाेषाणा गर्नुभएको हाे ।
`अवसरमा, सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अपिल गर्दछु`, उहाँले भन्नुभयो,` कि तपाईंहरूको अमूल्य सहयोग, साथ र समर्थन प्रदान गरी मलाई यो जिम्मेवारी वहन गर्ने अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु`। सबै सदस्यज्युहरुकाे अमुल्य मतले मात्र आफ्नो जित सुनिश्चित हुने उहाँको भनाइ छ ।
सदस्यज्युहरुकाे सुझाव, मार्गदर्शन र समर्थनले आगामी दिनहरूमा प्रवासी नेपालीहरूको हकहितमा अझ प्रभावकारी रूपमा काम गर्न थप प्रेरणा मिल्ने बताउनुभयो ।
महासचिव दाहालले सम्पूर्ण सदस्यहरुकाे साथ र विश्वासको अपेक्षा गर्नुभएको छ ।
