नारायण भण्डारी, अस्टिन
टेक्सास ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्शको आयोजनमा टेक्सासको राजधानी शहर अस्टिनमा तिन विशेष कार्यक्रम हुन गईरहेको छ । संस्थाको पहलमा हुन गईरहेका तिन कार्यक्रहरुमा उज्यालो नेपालका लोकप्रिय अभियन्ता कुलमान घिसिङ संग अन्तरकियात्मक संवाद, नेपालका चर्चित हॉस्य कलाकारको एक साथ प्रस्तुति र नजिकिदै गरेको तिजको अवसरमा चेलीवेटीहरुलाई दर खुबाउने कार्यक्रम रहेको छ । ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्शको आईतबार अस्टिनको करि किचनमा संम्पन्न छलफल एवं अन्तरक्रिया कार्यक्रममा संस्थाद्वारा आयोजित कार्यक्रमहरुका बारेमा जानकारी दिईयो । कार्यक्रममा दिईएको जानकारी अनुसार उज्यालो नेपालका चर्चित अभियन्ता कुलमान घिसिङ संगको संवाद कार्यक्रम अगस्ट २ गते शनिवार बेलुका ३ बजे देखि ६ बजे सम्म हुनेछ ।
त्यसैगरि नेपालका चर्चित हास्य कलाकारहरु नायक दिपकराज गिरी, हास्य अभिनेता (धुर्मुस)सिताराम कटेल, नायिका दिपा श्री निरौला, हास्य अभिनेत्री (सुन्तली) कुन्जना घिमिरे,हास्य अभिनेता (मुन्द्रे) जितु नेपाल, नायक असिफ शाह, र गायिका मिना निरौला रहेका छन । अस्टिनको १३४२२ स्थित देसाउ रोडमा रहेको हलमा अगस्ट ९ गते शनिवार कलाकारहरुको प्रस्तुति तिते जिरे मेरीबास्सै कमेडि सॉझ ७ बजे देखि राती ११ बजेसम्म हुनेछ । तिते जिरे मेरी वास्सै कमिडि टुर कार्यक्रम लिएर अमेरिका आएका कलाकारहरुले याहॉका विभिन्न शहरहरुमा कार्यक्रम गर्ने छन ।
त्यसै गरि ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्शले तिजको अवसर पारेर चेलीवेटीहरुलाई दर खुबाउने कार्यक्रम राखेको छ । अगस्टको १७ गते साउथ अस्टिनको ४८९४ डब्लु अस्टिनमा रहेको नालाज रेस्टोरेन्टमा तिजको दरखाने कार्यक्रम राखिएको छ । यो कार्यक्रमलाई रमाईलो र आकर्षक बनाउन चेम्बरकी सदस्य झरना अधिकारीको संयोजकत्वमा महिलाहरुको समिति वनाईएको । यो समितिले तिज कार्यक्रमलाई आकर्षक बनाउन साथमा विभिन्न कार्यक्रम गर्ने जानकारी दिईएको छ । आईतबार कमर्शका अध्यक्ष सिपी पौडेलको अध्यक्षतमा भएको छलफल कार्यक्रममा संस्थाका सदस्यहरु सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो । संस्थाका माहासचिव उद्दब खनालले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सबै सदस्यले मन्तव्य राखेका थिए ।
नारायण भण्डारी
