काठमाडौं, ९ चैत । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् ।
भट्टराईले दल भनेको राज्य र समाज रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्तिरसमूहको संगठित अभिव्यक्ति भएको बताउँदै त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकतावद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक भएको बताए ।
ट्वीटरमा लेख्दै उनले चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दल बदल गर्नु चरम अवसरवाद भएकोले यसलाई रोक्नुपर्ने बताए ।
उनी लेख्छन् 'दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्तिरसमूहको संगठित अभिव्यक्ति हो। त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो। तर चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद हो ! यसलाई सबैले रोकौं .!'
दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति/समूहको संगठित अभिब्यक्ति हो।त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसंग एकताबद्ध हुनु वा नयाॅ दल गठन गर्नु स्वाभाविक हो।तर चुनावको मुखमा सत्तास्वार्थनिम्ति दलबदल गर्नु चरम अवसरवाद हो!यसलाई सबैले रोकौं!
— Baburam Bhattarai (@brb1954) March 23, 2022
