• ट्रेण्डिङ्ग :
नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ नियुक्त

नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ नियुक्त


  • 8.6K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ नियुक्त

    काठमाडौं, ९ चैत। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा (काठमाडौं) र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ (पर्वत)लाई नियुक्त गरेका छन्।      

    images

    सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार पार्टीको विधानबमोजिम दुवै भ्रातृ संस्थाको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा उनीहरुलाई आज नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ। 


    तेस्रो आँखा