• ट्रेण्डिङ्ग :
आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना


  • 6.4K
    SHARES
    • भाद्र १३, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 9.9K Views

    आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, भदौ १३ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेका कारण शुक्रबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था छ ।

    साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ ।

    दिउँसो देशभरि नै बदली हुने महाशाखाको पूर्वानुमान छ । सातै प्रदेशका अधिकांश पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भवना रहेको छ ।

    यसैगरी, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ

    राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


    तेस्रो आँखा