• ट्रेण्डिङ्ग :
चलचित्र फ्रेनिया प्रदर्शनको तयारी पुरा

चलचित्र फ्रेनिया प्रदर्शनको तयारी पुरा


  • 3.9K
    SHARES
    • भाद्र १८, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 6.0K Views

    चलचित्र फ्रेनिया प्रदर्शनको तयारी पुरा

     नारायण भण्डारी सेप्टेम्वर १, अस्टिन/ टेक्सास,

    images

    मानिसको मानसिक अवस्थाको प्रभाव र असरलाई चित्रित गर्दै नेपाली कलाकारहरुले अंग्रेज़ी भाषामा निर्माण गरेको छोटो चलचित्र “फ्रेनिया” छिट्टै प्रदर्शनको तयारीमा रहेको छ ।

    चलचित्र प्रदर्शनको तयारी वारेमा जानकारी दिन आईतबार नर्थ अस्टिनको करी किचनमा आयोजित पत्रकार संम्मेलनमा यो चलचित्र सेप्टेम्वर १२ गते शुक्रवार जार्जटाउनको प्यालेस थिएटरमा बेलुका ८ बजे प्रदर्शन गरिने जानकारी दिईयो । पेगासस ईन्टरटेनमेन्टको प्रस्तुति रहेको यो चलचित्रको निर्देशकमा सुबास थापा, निर्माताहरुमा सुबास थापा, सुप्रिम बस्ताकोटी, नरेंद्र साउद, हेमन्त न्यौपाने, बेजन फेरामार्जी, भीष्म अधिकारी, रहेका छन । त्यसैगरि कार्यकारी निर्मातामा सुवर्ण थापा र नारायण पुरी छन भने छायाकंन निर्देशकमा बेजन फेरामर्जी, उत्पादन डिजाईनरमा माइक परिसो,ध्वनी नियन्त्रणमा स्टिफेन सेग, कपाल र सृगारमा ड्यानिएल प्रिसिन ,दृश्य प्रभावमा सत्याम राणा, सृजनात्मक पर्यवेक्षणमा प्रशान्त रासाइली छन र चलचित्रमा श्रव्यदृश्य छायाकंन पोस्टमास्टर इन्डियाको रहेको छ ।

    s1.jpeg

    चलचित्रवारे छोटो विचार राख्दै निर्देशक थापाले यो चलचित्र बास्तविकता र कल्पना विचको अन्तरद्वन्द भएकोले दर्शकको मनोदशा अनुसार यसलाई अर्थ लगाईने हुदा प्रदर्शन पछि आउने दर्शकको प्रतिक्रिया महत्वपूर्ण हुने बताए ।

    चलचित्रले मन र मनको अवस्थाले मानिसको जिवनमा पार्ने प्रभावलाई प्रस्तुत गर्ने जमर्को गरेको उनको भनाई रहेको छ । मानव जगतमा विकशित विभिन्न भाषाका सभ्यता र त्यसमा आधारित धर्म दर्शन अनि साहित्यमा मानिसको मनको विषयलाई अर्थ्याईएको पाईन्छ । किनकी मन निकै चंचल छ र मानिसले गर्ने सारा कर्मको कारक यहि मन हो भनिएको छ । धर्म दर्शनमा यो मनको निकै ठुलो महत्व दर्शाईएको छ । गीतामा अर्जुनले भगवान कृष्ण संग आफ्नो मनको चंचलताले गर्दा डर,त्रासबाट मुक्त भई दृढ ज्ञान प्राप्त गर्न कठिन भएको गुनासो गरेका छन। मन जसलाई अंग्रेज़ीमा माईन्ड भनिन्छ यो नै मानिसको राम्रो नराम्रो साराकर्मको कारक मानिन्छ । मानिसको मनोदशा अनुसार हरेक कर्ममा पर्ने असर र बुझाईमा पर्ने प्रभावलाई चलचित्रले उजागर गर्ने प्रयास गरेको ठानिएको छ । यस चलचित्रमा सुबास थापा, कार्नोभस्की, दानी हर्टाडो, माईक परिसो कलाकारहरुको अभिनय रहेको छ ।

  • सम्बन्धित विषय:

  • # नारायण भण्डारी

  • नारायण भण्डारी
    लेखकबाट थप