• ट्रेण्डिङ्ग :
बबरमहल-बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

बबरमहल-बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द


  • 1.2K
    SHARES
    • भाद्र २३, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 1.9K Views

    बबरमहल-बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

    काठमाडौं, २३ भदौ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर(बबरमहल सडक प्रभावित भएको छ ।

    images

    माइतीघर(बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजीहरु छपक्कै भएपछि सवारीँ आवागमन पूर्ण रुपमा बन्द भएको हो ।


    अहिले उनीहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ । आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए । उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले चोक अगाडि नै रोकेको हो ।

    भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् ।

     


    तेस्रो आँखा