• ट्रेण्डिङ्ग :
जेनजी आन्दोलन : रबरको गोली लागेर कान्तिपुर टिभीका पत्रकार सहित अन्य दुई पत्रकार घाइते

जेनजी आन्दोलन : रबरको गोली लागेर कान्तिपुर टिभीका पत्रकार सहित अन्य दुई पत्रकार घाइते


  • 4.0K
    SHARES
    • भाद्र २३, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 6.2K Views

    जेनजी आन्दोलन : रबरको गोली लागेर कान्तिपुर टिभीका पत्रकार सहित अन्य दुई पत्रकार घाइते

     काठमाडौं २३ भदौ । नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो ।

    images

    प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताएका छन् ।


    माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड अनियन्त्रित बन्दै नयाँबानेश्वरको संसद भवन भित्रै प्रवेश गरेको थियो । उनीहरुलाई रोक्ने प्रहरीको प्रयास असफल भएको थियो ।


    तेस्रो आँखा