काठमाडौँ । काठमाडौँको तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।
बिहीबार तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी हरि खतिवडाले जानकारी दिए ।
डिएसपी खतिवडाको अनुसार, अन्दाजी ३०(३५ वर्षका देखिने महिला र पुरुषको शव भेटिएको छ । अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको र उनीहरूको परिचय खुल्न बाँकी नै रहेको छ ।
