• ट्रेण्डिङ्ग :
तुइनखोलाको पहिरो हटाइयो, रातिबाटै यातायात सुचारु हुने

तुइनखोलाको पहिरो हटाइयो, रातिबाटै यातायात सुचारु हुने


  • 3.5K
    SHARES
    • आश्विन १०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 5.3K Views

    तुइनखोलाको पहिरो हटाइयो, रातिबाटै यातायात सुचारु हुने

    चितवन, असोज ९ । तुइनखोलाको पहिरो हटाइएको छ । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोलामा आएको पहिरो हटाउने काम सम्पन्न भएपछि आजै रातिदेखि यातायात सुचारु गर्ने तयारी गरिएको छ ।

    images

    पहिरो हटाए पनि सडकको किनार छेउ पन्छाएर दुवैतर्फ सवारी साधन सञ्चालन गर्नेगरी तयारी भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । सबै पहिरो पन्छाएर दुइतर्फी सवारी साधन सञ्चालन गर्नेगरी तयारी भएको बताउनुभयो । 

    तीन दिनदेखि अवरुद्ध सडकको कारण रोकिएका सवारी साधनको चाप धेरै भएकाले एकै पटक साधन चलाउन मिल्नेगरी तयारी गरिएको हो । अहिले धमाधमन सडक सफा गर्ने काम भइरहेको छ । 

    मङगलबार साँझ झरेको पहिरो बुधबार बिहानैदेखि पन्छाउन थालिएको थियो । बिहीबार पनि दिनभर पहिरो हटाउने काम भएको छ । यस अगाडि रातको समयमा काम बन्द गर्ने गरिएकोमा आज भने साँझ ६ बजेदेखि बत्ती बालेर काम गरिएको हो । 

    यसअघि असोज ३ गते सोही स्थानमा पहिरो खसेको थियो । त्यसलाई पन्छाएर ४६ घण्टापछि सवारी साधन सञ्चालनमा ल्याइएको थियो । सञ्चालनमा ल्याएको केही घण्टापछि पुनः सोही स्थानमा ठुलो पहिरो खसेपछि मङगलबार साँझदेखि राजमार्ग अवरुद्ध भएको थियो । 

    पहिरो पन्छाएर केहीबेरमा यातायात सञ्चालन गर्ने तयारी भएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । पहिरो पन्छाउन ६ वटा उपकरको प्रयोग गरिएको छ । 


    तेस्रो आँखा