समाना देवकोटा, अष्टिन टेक्सास,
हालसालै नेपालमा भदौ २३ र २४ गते भएका Gen-Z आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई सहयोग गर्ने उद्देश्यले अमेरिकन राप्ती समाज, अमेरिकाले आर्थिक संकलन अभियान सुरु गरेको छ। आन्दोलनका क्रममा घाइते भएकामध्ये धेरै जना कमजोर पारिवारिक आर्थिक स्थितिमा रहेका कारण तत्कालीन उपचार र दीर्घकालीन पुनःस्थापनामा कठिनाइ झेल्नुपर्ने अवस्था छ। यस्तो दुखको घडिमा उनीहरूको उपचार र जीवन पुनःनिर्माणमा हातेमालो गर्न "अमेरिकन राप्ती समाज"ले आर्थिक सहयोग अभियान सञ्चालन गरेको हो। देश अहिले पीडादायी अवस्थामा रहेकोले सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरिएको छ।”
यस आर्थिक अभियानमार्फत संकलित रकम नेपालमा रहेका पीडित र घाइते Gen-Z आन्दोलनकारीहरूको सहायता पुर्याउन प्रयोग गरिनेछ। अभियानमा सहयोग गर्न चाहने महानुभाव हरुले यो लिंकमा गएर सहयोग गर्न सक्नु हुने छ :
अमेरिकन राप्ती समाज, अमेरिकाले अहिलेको पीडादायक घडिमा एकजुट भएर सहयोग गर्न सम्पूर्ण नेपाली समाजलाई हार्दिक अपील गरेको छ।
समाना देवकोटा
