• ट्रेण्डिङ्ग :
बाढी पहिरोमा परी मृतकको सङ्ख्या ४९ पुग्यो, सात बेपत्ता

बाढी पहिरोमा परी मृतकको सङ्ख्या ४९ पुग्यो, सात बेपत्ता


  • 3.4K
    SHARES
    • आश्विन १९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 5.2K Views

    बाढी पहिरोमा परी मृतकको सङ्ख्या ४९ पुग्यो, सात बेपत्ता

    काठमाडौं, असोज १९ । बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो अपडेटअनुसार मृतकको सङ्ख्या ४९ पुगेको हो । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    images

    थापाका अनुसार मृतकहरुमध्ये इलाममा ३७ जना, उदयपुरमा २ जना, खोटाङमा १ जना र पाँचथरमा ६ जनाको ज्यान गइसकेको छ । त्यसैगरी मधेशको रौतहटमा ३ जनाको ज्यान गएको छ । सोहीअनुसार बेपत्ता हुनेमा इलाममा एक जना, बारामा १ जना, रसुवामा ४ जना र काठमाडौंमा १ जना गरी ७ जना बेपत्ता छन् । 

    सोहीअनुसार घाइते हुनेमा इलाममा ७ जना, उदयपुरमा १ जना, खोटाङमा ३ जना, भोजपुरमा २ जना, पाँचथरमा ६ जना र मकवानपुरमा १ जना गरी २० जना छन् ।

    APF-49.jpg
    undefined


    तेस्रो आँखा