• ट्रेण्डिङ्ग :
राष्ट्रपतिसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस


  • 3.8K
    SHARES
    • आश्विन ३०, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 5.9K Views

    राष्ट्रपतिसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ, असाेज ३० । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई संवैधानिक आयोगका आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदनहरू पेस गरिएको छ ।

    images

    राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित अलग–अलग कार्यक्रममार्फत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले आफ्नो आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभयो । 

    सो अवसरमा राष्ट्रपतिले आयोगले गरेका काम, उपलब्धि र सुधारका सिफारिसका विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

    त्यसैगरी, अर्को कार्यक्रममा थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारूले पनि आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभयो ।

    राष्ट्रपति पौडेलले आयोगहरूको प्रतिवेदनबाट देखिएका सुझाव र सिफारिसहरूले सुशासन प्रवर्धन, समावेशीकरण र आर्थिक स्रोतको न्यायसङ्गत बाँडफाँडमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको जानकारी दिइएकाे छ ।


    तेस्रो आँखा