• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीद्वारा सगरमाथा आरोही कान्छा शेर्पाप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्रीद्वारा सगरमाथा आरोही कान्छा शेर्पाप्रति श्रद्धाञ्जलि


  • 4.2K
    SHARES
    • कार्तिक १, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 6.4K Views

    प्रधानमन्त्रीद्वारा सगरमाथा आरोही कान्छा शेर्पाप्रति श्रद्धाञ्जलि

    काठमाडौँ, असोज ३१ । प्रधानमन्त्री सुशीला कार्कीले सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधनले स्तब्ध भएको बताउनुभएको छ । काठमाडौँ कपनस्थित निवासमा ९२ वर्षको उमेरमा शेर्पाको बिहीबार निधन भएको थियो ।

    images

    उहाँप्रति हार्दिक श्रद्धाञ्जलि एवम् शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुहुँदै प्रधानमन्त्री कार्कीले ऐतिहासिक आरोहणका प्रत्यक्ष साक्षी मात्र होइन, एक जीवित धरोहर गुमाएको बताउनुभयो ।

    प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिनु भएको सन्देशामा भनिएको छ, करिब साढे ७ दशक उहाँले उतिबेला मानवजातिकै एउटा विशेष उपलब्धि मानिएको घटनाको अनुभव पछिल्ला पुस्तालाई साटिरहनुभयो ।

     

    यसैगरी, हालैका वर्षहरुमा शेर्पा हिमालमा जलवायु परिवर्तनको असर देखिन थालेकोमा चिन्तित हुनुहुन्थ्यो । त्यसप्रति संवेदनशील भएर काम गर्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ र अहिले हामी सबैको अभिभारा पनि त्यही नै रहेको उल्लेख उहाँले गर्नुभएको छ ।

    सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गर्नुभएको थियो ।

    उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुग्नु भएको थियो ।

    दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गर्नुका साथै शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा हुनुहुन्थ्यो ।

    Prime Minister Sushila Karki
     
    @pmsushilakarki
    Follow
    सगरमाथाको पहिलो सफल आरोहण गर्नुभएका तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको ऐतिहासिक दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पा, ९२, को निधनले स्तब्ध पारेको छ। ... (1/3) तस्बिरः कान्छा शेर्पा फाउन्डेसन
     
     
     
    72
     
    Reply
     
    Copy link

     

     


    तेस्रो आँखा