• ट्रेण्डिङ्ग :
निष्पक्ष निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता

निष्पक्ष निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता


  • 5.3K
    SHARES
    • कार्तिक १, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 8.2K Views

    निष्पक्ष निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता

    काठमाडौँ, असाेज ३१ गते । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा  निष्पक्ष निर्वाचन गएर निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताउनुभएकाे छ ।

    images

    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको हलमा शुक्रबार काठमाडौंस्थित राजदूत, कूटनीतिज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिसमक्ष देशको राजनीतिक अवस्था, आगामी निर्वाचन, सुशासन र अन्तर्राष्ट्रिय साझेदारीबारे विस्तृत ब्रिफिङ दिने क्रममा उहाँले साे कुरा बताउनुभएकाे हाे ।

    परराष्ट्रमन्त्रीकाे समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री कार्कीले हालैकाे ‘जेन–जेड’ आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसले उत्पन्न चुनौती तथा अवसरबारे जानकारी दिनुभयाे । 

    उहाँले सरकारको प्राथमिकता देशमा स्थायित्व कायम गरी निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पार्नुभयो। उहाँले आन्दोलनले नागरिक समाजमा पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति उत्कर्षपूर्ण अपेक्षा पैदा गरेको बताउनुभयो र सरकार उक्त अपेक्षालाई पूरा गर्न कटिबद्ध रहेको छ भन्नुभयाे । 

    सरकारले सुशासन र जवाफदेहितातर्फ उठाएका कदमहरू पनि प्रधानमन्त्रीले प्रस्तुत गर्नुभयो । 

     
     


    तेस्रो आँखा